न्यायाधीश श्रीमती लागुऔषधसहित पक्राउ
काठमाडौं : उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित पक्राउ परेकी छन्।
उनी तुलसीपुर उपमहानगरपालिका–५, रतननाथ टोलस्थित आफ्नै घरबाट पक्राउ परेकी हुन्। तुलसा मदनकी कान्छी श्रीमती हुन्।
घरमा पार्किङ गरी राखिएको स्कुटरमा २.२२ ग्राम ब्राउन सुगरजस्तो लागुऔषध र लागुऔषध जोख्ने तराजु भेटिएपछि तुलसालाई लागुऔषध कारोबार गरेको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई ईलाका प्रहरी कार्यालय, तुलसीपुरमा राखिएको छ।
तुलसासँग ब्राउन सुगर रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा चेकजाँच गरेको थियो।
फागुन १६, २०७७ आइतबार २०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।