प्रधानमन्त्री ओलीको चेतावनी : हटाएर हेर्नुस्, अविश्वासको प्रस्ताव राख्नुस्
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका दाहाल–नेपाल समूहलाई आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चेतावनी दिएका छन्। झापा पुगेका उनले पुष्पकमल दाहाल र माधव नेपाललाई चुनौती दिँदै भने‘ ‘केपी ओलीलाई हटाएर हेर्नुस्। अविश्वासको प्रस्ताव राख्नुस्।’
कार्यक्रममा सम्बोधन गर्दै उनले भने ‘हटाउन सक्नु भयो भने जनताबाट दुई तिहाइ लिएर आइन्छ। सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना गरे झैँ हटाउनुस्।’
उनले दाहाल र नेपालको ध्यान पैसा, पद र परिवारमा मात्र रहेको दाबी समेत गरे। उनले मिस्टर हेल्लो र मिस्टर कन्फर्टेबल भन्दै दाहाल र नेपाललाई कटाक्ष समेत गरेका थिए।
ओलीले संविधान समय अनुसार परिमार्जन हुने तर भावना तलमाथि हुन नदिने बताएका थिए। आफूले जीवनभर मुद्दा लडेको र सधैँ हार्दै आएको स्मरण गरेका थिए। उनले प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्चबाट बदर भए पनि आफूलाई कुनै फरक नपरेको दाबी समेत गरेका थिए।
फागुन १६, २०७७ आइतबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।