व्यक्तिसँग सत्ता साझेदारी गर्दैनौं : साउद 

व्यक्तिसँग सत्ता साझेदारी गर्दैनौं : साउद 

धनगढी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाल कम्युनिस्ट पार्टी ( ने क पा)का कुनै समूहसँग सत्ता साझेदारी नगर्ने बताएका छन्।

प्रेस युनियन जिल्ला शाखा कैलालीले  धनगढीमा आज (आइतबार) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

ने क पाका दुवै समूहका अध्यक्षहरूले कांग्रेसलाई सरकारमा जान प्रस्ताव गरेको उल्लेख गर्दै उनले पार्टीले व्यक्तिसँग सत्ता साझेदारी नगर्ने बताए।

‘व्यक्तिगतरूपमा हामी ओली–प्रचण्ड कसैसँग सहकार्य गर्दैनौं। उहाँहरूको पार्टी विभाजन हुने हो भने नीति, कार्यक्रम र योजना भएको पार्टीसँग हाम्रो सहमति हुन्छ,’ उनले भने, ‘कांग्रेसले मुलुकको संविधान र प्रजातन्त्रलाई सर्वोपरी राखेर मात्रै निर्णय गर्छ।’ 

फागुन १६, २०७७ आइतबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।