सोमबार २३ चैत, २०८२
साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने पक्राउ
काठमाडौं : साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाएको आरोपमा एक जना पक्राउ परेका छन्। नक्कली पेज बनाएर विभिन्न व्यक्तिसँग प्रहरी बनेर कुराकानी गरेको आरोपमा १८ वर्षीय प्रज्वल पोखरेल पक्राउ परेका हुन्।
ब्युरोका अनुसार पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत लिन खोजेको देखिएको ब्युरोको विज्ञप्तिमा उल्लेख छ।
उनलाई विद्युतीय कारोबार ऐन अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौँबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ।
फागुन १६, २०७७ आइतबार १४:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।