सोमबार २३ चैत, २०८२
आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
अछाम : आफ्नै आमाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका ५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढा पक्राउ परेका छन्। उनले ६० वर्षीया कला बुढालाइ मङ्गलवार बिहान घरमा कुटपिट गरेका थिए।
सोही कुटपिटका कारण उनकाे मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय अछाम र इलाका प्रहरी कार्यालय साफबेगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।
फागुन १६, २०७७ आइतबार १४:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।