रूपन्देहीमा दुईवटा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु 

रूपन्देहीमा दुईवटा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु 

बुटवल : रूपन्देहीमा दुईवटा मोटरसाइकलकाे ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ। 

पूर्व–पश्चिम राजमार्गको सैनामैना–१, बर्मा चोकमा बुटवलतर्फ आउँदै गरेका लु ४५ प ४७९१ र लु १५ प ५५६१ नम्बरका मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। मृतकको सनाखत भएको छैन। 

प्रहरीका अनुसार लु ४५ प ४७९१ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि लडेका साइकल यात्रीलाई सोही दिशाबाट तीव्र गतिमा आइरहेको लु १५ प ५५६१ नम्बरको मोटरसाइकलले पनि ठक्कर दिएको थियो। 

रन्यौरा प्रहरी चौकी, मुर्गियाका अनुसार घाइते भएका मोटरसाइकल चालक र त्यसमा सवार व्यक्तिको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

ठक्कर दिने दुवै मोटरसाइकल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

फागुन १६, २०७७ आइतबार १०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।