आजको मौसम पूर्वानुमान : प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुने 

आजको मौसम पूर्वानुमान : प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुने 
स्याटेलाइटबाट लिइएको नेपालको तस्बिर। तस्बिर : मौसम पूर्वानुमान महाशाखा।

काठमाडौं : प्रदेश १ काे पहाडी भूभागका एक–दुई स्थानमा स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ। 

प्रदेश १ का बाँकी भूभाग तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सफा रहने मौसमविद्ले जनाएका छन्। 

पश्चिमी वायुको आंशिक प्रभावका कारण देशभरको मौसममा बदली भइरहेको महाशाखाले जनाएको छ। 

फागुन १६, २०७७ आइतबार ०७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।