सहिद स्मारक ‘बी’ डिभिजन लिग : बराबरीसँगै तेस्रो स्थानमा रोकियो बाँसबारी 

सहिद स्मारक ‘बी’ डिभिजन लिग : बराबरीसँगै तेस्रो स्थानमा रोकियो बाँसबारी 

काठमाडौं : सहिद स्मारक ‘बी’ डिभिजन लिग प्रतियोगितामा बाँसबारी क्लब श्री कुमारी क्लबसँग बराबरीमै रोकिएको छ। 

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा आज (शनिबार) भएको दोस्रो खेलमा बाँसबारीले श्री कुमारीसँग गोलरहित बराबरी खेलेको हो। 

बराबरीसँगै बाँसबारी अंकतालिकाको तेस्रो स्थानमै रोकिएको छ। उसको ७ खेलबाट १५ अंक छ। ऊ दोस्रो स्थानको खुमलटारभन्दा १ अंकले मात्रै पछि छ। 

खुमलटार क्लबको ७ खेलबाट १६ अंक छ। अंकतालिकाको शीर्ष स्थानमा सातदोबाटो क्लब छ। उसको १९ अंक छ। 

७ खेलबाट ७ अंक बटुलेको श्री कुमारी अंकतालिकाको आठौं स्थानमा छ।

त्यसअघि आजै भएको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबले पनि गोलरहित बराबरी खेलेका छन्।

श्री भगवती ६ अंकसहित अंकतालिकाको नवौं स्थानमा छ भने २ अंक मात्रै बटुल्न सकेको पुल्चोक पुछारमा छ। 
 

फागुन १५, २०७७ शनिबार २३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।