कांग्रेस ने क पाको कुनै समूहको पक्षमा छैन : कोइराला 

कांग्रेस ने क पाको कुनै समूहको पक्षमा छैन : कोइराला 

हेटौंडा : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को कुनै समूहको पक्षमा नरहेको बताएका छन्।

मकवानपुरको हेटौंडामा आज (शनिबार) रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सव कार्यक्रममा उनले कांग्रेस अहिलेको परिस्थितिमा ने क पाको ओली र दाहाल–नेपालमध्ये कसैको पक्षमा नरहेको बताएका हुन्। 

नयाँ राजनीतिक समीकरणमा कांग्रेस निर्णायक अवस्थामा रहेका बेला उनले भने, ‘अहिले कांग्रेस कुनै पनि पक्षमा छैन। अब सदन कसरी अगाडि बढ्छ त्यो हेर्न बाँकी नै छ।’ 

कांग्रेसले संसदमा हुने प्रतिनिधित्वको आधारमा रणनीति बनाएर अघि बढ्ने कोइरालाले बताए।

उनले कांग्रेसले आफ्नो पार्टीको महाधिवेशनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। पार्टी सुदृढ बनाएर महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ। 
 

फागुन १५, २०७७ शनिबार २२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।