सुरेशको ‘रहर’ विमोचन
काठमाडौं : लेखक सुरेश बडालको कथासंग्रह ‘रहर’ विमोचन गरिएको छ।
काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा लेखक अमर न्यौपाने र सामाजिक अभियन्ता प्रकृति भट्टराई बस्नेतले आज (शनिबार) संयुक्तरूपमा कथासंग्रह विमोचन गरेका हुन्।
पञ्चायतकालदेखि वर्तमानसम्मको परिवेश समेटिएको कथासंग्रहमा बाल तथा किशोर मनोविज्ञानलाई चित्रण गरिएको छ।
कथासंग्रहमा नुवाकोट र काठमाडौं आसपासको परिवेशबाट समाजलाई नियालिएको लेखक बडालले बताए। ‘कथामा राजनीति, समाज, मनोविज्ञानदेखि हामीले ख्याल नगरेका स–साना कुरालाई समेत समेट्ने कोसिस गरेको छु,’ बडालले भने।
फाइन प्रिन्ट प्रकाशन गृहले प्रकाशन कथासंग्रहमा १३ वटा कथा छन्।
फागुन १५, २०७७ शनिबार २१:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।