नेपाल विकासशील राष्ट्रमा सिफारिस हुनु कोशेढुङ्गा : परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस हुनु महत्त्वपूर्ण कोशेढुङ्गा भएको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले नेपालको नाम सिफारिस गरेकोमा उनले ट्विट गर्दै नेपालको विकासका लागि महत्त्वपूर्ण कोशेढुङ्गा भएको बताएका हुन्।
‘यो समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाक्षांको यात्रामा नेपालको विकासका लागि यो महत्त्वपूर्ण कोशेढुङ्गा हो’ उनले लेखेका छन्।
समितिले नेपाल सहित लाओस् र बङ्गलादेशलाई पनि विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ। यस अनुसार नेपाल सन् २०२६ मा विकासशील राष्ट्र बन्नेछ।
फागुन १५, २०७७ शनिबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।