काँग्रेस नेता जोशीको दायाँ भाग चलेको छ : डा. झा 

काँग्रेस नेता जोशीको दायाँ भाग चलेको छ : डा. झा 

काठमाडौँ : नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा केही सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। नेता जोशीको दायाँ भाग केही चल्न थालेको न्युरो सर्जन डा. राजीव झाले बताए। 

‘राइट मुभ छ, लेफ्ट अफ छ, उनले भने, हिजोको भन्दा आज केही सुधार देखिएको छ, तर अवस्था क्रिटिकल नै छ।’ उनले जोशी कोमा मै रहेको बताए। 

जोशीको शुक्रवार नर्भिक अस्पतालमा टाउकामा जमेको पानी फाल्न शल्यक्रिया गरिएको थियो। नेता जोशीलाई शुक्रवार बिहान करिब साढे ३ बजे वीर अस्पतालबाट एक जना चिकित्सकसहित परिवारले नर्भिक अस्पताल पुर्याएको थियो। 

फागुन १५, २०७७ शनिबार १०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।