मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भने, अवस्था ठिक छ, ढुक्क भएर काम गर्नुहोस्
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्। बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले अहिलेको राजनीतिक अवस्थाबारे बोल्दै ढुक्क भएर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका हुन्।
‘अवस्था ठिक छ, ढुक्क भएर काम गर्नुहोस्, प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै कानुनमन्त्री लीलानाथ श्रेष्ठले भने, सर्वोच्च अदालतको फैसला कार्यान्वयन हुन्छ।’
प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसलापछि बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आव्हानको मिति भने तोकेन।
‘आज मिति तोकेर अधिवेशन आव्हानका लागि सिफारिस गर्ने कुरो भएन, मन्त्री श्रेष्ठले भने,'सायद अर्को बैठकमा अधिवेशन आव्हानको सिफारिस हुन्छ।’
बैठकमा न्याय सेवा आयोगले गरेको पदस्थापन सम्बन्धी सिफारिस अनुमोदनका लागि पेस भएको छ। केही निर्माणाधीन सडकका लागि जग्गा प्राप्ति र मन्त्रालयगत विभिन्न एजेन्डामा छलफल भए पनि महत्त्वपूर्ण निर्णय केही नभएको मन्त्री श्रेष्ठले जानकारी दिए।
फागुन १४, २०७७ शुक्रबार १८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।