बैङ्किङ कसुर मुद्दामा जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ     

बैङ्किङ कसुर मुद्दामा जरिवाना ठहर भएका फरार व्यक्ति पक्राउ     

काठमाडौँ : उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका काठमाडौँ महानगरपालिका पाको न्यूरोड बस्ने ४४ वर्षीय सुरेश मानन्धर पक्राउ परेका छन्।  

बैङ्किङ कसुरका २ वटा मुद्दामा उच्च अदालत पाटनको २०७७ मङ्सिर १५ गतेको फैसलाले क्रमशः २० दिन कैद र करिब ३० लाख रुपैयाँ जरिवाना तथा १५ दिन कैद र २६ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो।

जरिवाना ठहर भई फरार रहेका सुरेशलाई प्रहरीले झम्सीखेल ललितपुरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ।   

सुरेशले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी लक्ष्मी बैङ्क लिमिटेड, शाखा कार्यालय हात्तीसार  काठमाडौँमा भएको खाताबाट पीडितलाई रकम भुक्तान हुने गरी चेकहरू दिएकोमा बैङ्किङ कसुरजन्य अपराध ठहर भएको थियो।  

सुरेशलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रहरीले जनाएको छ।

फागुन १४, २०७७ शुक्रबार १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।