मोडिएको नागरिक आन्दोलन, सडक विस्तार विरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौँ : असंवैधानिक रूपमा संसद् विघटन भएको भन्दै व्युतिएको नागरिक आन्दोलन विघटन बदर गर्ने सर्वोच्च अदालतले फैसला गरेसँगै अन्य मुद्दामा केन्द्रित हुन थालेको छ।
सम्पदा संरक्षण अभियानकर्मीहरूसँगको सहकार्यमा बृहत् नागरिक आन्दोलनले बालाजु क्षेत्रको सडक विस्तार र कमलपोखरीको मैलिकता मासिएको भन्दै माइतीघर मण्डलाबाट कमलपोखरीसम्म प्रतिरोध प्रदर्शन गरेको छ।
विकासका नाममा जारी प्रतिगमन विरुद्ध भन्दै बृहत् नागरिक आन्दोलनले कमलपोखरीसम्म प्रतिरोध प्रदर्शन गरेको हो। विरोध प्रदर्शनमा सडक विस्तार पीडित सर्घष समितिका तर्फबाट विद्या श्रेष्ठ, नागरिक आन्दोलनका तर्फबाट लेखक तथा पत्रकार नारायण वाग्ले सहभागी थिए।
सम्पदा संरक्षण गर्न दबाब दिने उद्देश्यले माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन कमलपोखरीमा पुगेर कोण सभामा परिणत भयो। कमलपोखरीमा माटोको टिका लगाएर अभियन्ताहरूले सम्पदा जोगाउन दबाब जारी राख्ने बताए। अभियन्ताहरूले बालाजु सडक विस्तारको विरोधको क्रममा पक्राउ परेका विरोचन श्रेष्ठ र सुमन सामयीलाई तत्काल रिहाइ गर्न माग गरेको थियो।
काठमाडौँ महानगरपालिका सम्पदा मासेर व्यापारीकरणमा लागेको अभियन्ताहरूले आरोप लगाएका छन्। कमलपोखरी पानीको पोखरी मात्रै नभएको भन्दै अभियन्ताहरूले सांस्कृतिक महत्त्व समेत रहेको बताए।
फागुन १४, २०७७ शुक्रबार १३:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।