काँग्रेस नेता जोशीको टाउकाको शल्यक्रिया, अवस्था गम्भीर 

काँग्रेस नेता जोशीको टाउकाको शल्यक्रिया, अवस्था गम्भीर 

काठमाडौँ : नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको टाउकोको शल्यक्रिया भएको छ। उनको नर्भिक अस्पतालमा शल्यक्रिया भएको हो। अस्पतालका न्युरो सर्जन डा.राजीव झाका अनुसार जोशीको टाउकामा जमेको पानी फाल्नका लागि शल्यक्रिया गरेर फालिएको छ। 

टाउकामा जमेको पानी, रगत पाइपको माध्यमबाट तर्काएको उनले बताए। जोशीलाई श्वास फेर्न गाह्रो भएकाले भेन्टिलेटरमा राखिएको डा. झाले बताए।उनले उकेरासँग भने,‘अवस्था राम्रो छैन, एक दमै नराम्रो स्ट्रोक हो, श्वास फेर्न गाह्रो भएर भेन्टिलेटरमा राखिएको छ।’ 

जोशी अझै जोखिम मुक्त नभएको उनी बताउँछन्। डा. झाले भने,‘जोखिम धेरै छ।’ उनलाई बचाउन डाक्टरहरूको टिमले उपचार गरिरहेको डा. झाले जानकारी दिए।

जोशीलाई स्वास्थ्यमा समस्या आएपछि बिहीबार राती वीर अस्पताल लगिएको थियो। वीरबाट थप उपचारका लागि नर्भिक रिफर गरिएको थियो।  

फागुन १४, २०७७ शुक्रबार १२:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।