तारकेश्वर नगरपालिकामा १५ हजार पन्छी नष्ट

तारकेश्वर नगरपालिकामा १५ हजार पन्छी नष्ट

विभागका अनुसार ५ हजार ६५७ लेयर्स कुखुरा, ७ हजार २३६ ब्रोइलर कुखुरा, २ हजार ५०४ लोकल कुखुरा, ५० टर्की, १७ बट्टाई, ३ हजार ५७० अण्डा र ३ हजार किलो दाना नष्ट गरिएको छ। विभागले रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकिएको जानकारी दिएको छ। 

पशु सेवा विभागकी महानिर्देशक डाक्टर दमयन्ती श्रेष्ठले रोगलाई पूर्ण नियन्त्रणमा राख्न फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्न र गराउन सरोकारवाललाई अपिल गरेकी छन्।

फार्म परिसरमा नियमित रूपमा निःसंक्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, खुल्ला रूपमा गरिने पन्छी पालनलाई निरुत्साहित गर्न उनको अपिल छ। 

महानिर्देशक श्रेष्ठले पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न गराउन आग्रह गरिन।

विभागले अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना दिन अनुरोध पनि गरेको छ। 

फागुन १४, २०७७ शुक्रबार ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।