नागरिक आन्दोलनको प्रतिरोध कार्यक्रम हुँदै
सर्वोच्च अदालतको फैसलाबाट असंवैधानिक र प्रतिगामी कदम सच्चिँदा नसच्चिँदै सरकारले बालाजु बाइपासमा जारी सडक विस्तारविरुद्ध सङ्घर्षरत पीडित र अभियन्तालाई गिरफ्तार गरेर अर्को अलोकतान्त्रिक र जनविरोधी काम गरेको नागरिक आन्दोलनले बताएको छ।
आन्दोलनले विकासको नाममा भएको गैरन्यायिक सडक विस्तार, संविधानले मौलिक हकको रूपमा प्रत्याभूत गरेको निजी सम्पत्तिसम्बन्धी हक-अधिकारको हनन, पीडितहरूमाथि निरन्तर दमन र अभियन्ताहरूको गिरफ्तारी प्रतिगमन भएको उल्लेख गरेको छ।
विकासको नाममा जारी डोजरे विकास, सभ्यता, सम्पदा र प्रकृतिको विनाशसँगै आदिवासी जनताको उठीबासविरुद्ध जारी न्यायपूर्ण सङ्घर्षप्रति बृहत् नागरिक आन्दोलनले विज्ञप्ति निकालेर ऐक्यबद्धता जनाएको छ।
फागुन १४, २०७७ शुक्रबार ०७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।