सशस्त्र प्रहरी निरीक्षकसहित दुईजना घुस लिँदालिँदै पक्राउ
बुटवलस्थित अख्तियारको कार्यालयले फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै ५० हजार घुस रकम लिँदै गर्दा गैडहवा गाउँपालिका–३, लोण्डिहवाको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पका कार्यालय प्रमुख एवं सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीलाई नियन्त्रणमा लिएको हो।
काठ व्यावसायीबाट घुस रकम लिँदै गर्दा उनीहरूलाई रंगेहात नियन्त्रणमा लिइएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
फागुन १३, २०७७ बिहीबार १६:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।