सोमबार २३ चैत, २०८२
गैंडाको खाग बिक्री मुद्दाका तीन फरार आरोपी पक्राउ
काठमाडौं : गैंडा मारेर खाग बिक्री मुद्दाका फरार तीनजना आरोपी काठमाडौंबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा राजेन्द्र क्षेत्री भन्ने पुरन रेउले, आशिष लामा भन्ने आइत तामाङ र ज्वाला भन्ने ज्ञान बहादुर रुम्वा रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। राजेन्द्र धापासी र बाँकी दुई जना सीतापाइलाबाट पक्राउ परेका हुन्।
यस्तै, गैंडाको खाग ओसारपसार एवं खरिद–बिक्री गर्न प्रयोग गरेको एउटा गाडी पनि बरामद गरेको ब्युरोले जनाएको छ।
फागुन १३, २०७७ बिहीबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।