संसद् पुनःस्थापनापछिको रणनीतिबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौं : संसद् पुनःस्थापनापछिको रणनीतिबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो ३ बजेका लागि पदाधिकारीको बैठक कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
बूढानिलकण्ठस्थित देउवा निवासमा बस्ने बैठकमा पदाधिकारीसहित पूर्वपदाधिकारीहरूलाई बोलाइएको छ।
बैठकमा संसद् पुनःस्थापनापछि कांग्रेसको अबको रणनीतिसँगै नेकपा प्रचण्ड–नेपाल समूहसँग भएको छलफल लगायतका विषयमा छलफल हुनेछ।
बुधबार दिउँसो सभापति देउवासँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल र माधवकुमार नेपालले बूढानीलकण्ठस्थित निवासमै पुगेर छलफल गरेका थिए। त्यस क्रममा दाहाल र नेपालले देउवालाई मिलेर अघि बढ्न प्रस्ताव गरेका थिए।
फागुन १२, २०७७ बुधबार १७:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।