डा. गोविन्द केसीको सत्याग्रह स्थगित 

डा. गोविन्द केसीको सत्याग्रह स्थगित 

काठमाडौं : डा. गोविन्द केसीले आजदेखि गर्ने भनिएको सत्याग्रह स्थगित भएको छ। 

डा. केसीले आज प्रेस विज्ञप्ति जारी गर्दै सत्याग्रह स्थगितको घोषणा गरेका हुन्। ‘तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले हामीले आजदेखि सुरु गर्ने भनेको सत्याग्रह स्थगित गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ। 

तर, सरकारले आफूहरूसँग गरेका सम्झौताहरू कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान जारी रहने उनले जनाएका छन्। साथै उनले नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान पनि निरन्तर रहने विज्ञप्तिमा उल्लेख गरेका छन्। 

उनले गत माघ २० गते प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना दुई बुँदे माग पूरा नभए सत्याग्रह गर्ने घोषणा गरेका थिए। 

उनले असंवैधानिकरूपमा संसद् विघटन गरिएको भन्दै संविधानको रक्षा गर्न र संवैधानिक निकायहरूमा अवैधरूपमा गरिएका नियुक्तिको सिफारिस रद्द गर्न माग गरेका थिए। 

फागुन १२, २०७७ बुधबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।