ओलीले राजीनामा नदिए, सांसदबाट कारबाही गरेर हटाउने रावलको दाबी
धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन्।
सर्वोच्चले संसद् पुनर्स्थापनाको फैसला गरेको भोलिपल्ट बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा रावलले सर्वोच्चले जनताको पक्षमा फैसला गरेको टिप्पणी गरे।
नेता रावलले १३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा अगाडी बढ्ने बताए। सर्वोच्चको फैसलापछि प्रधानमन्त्री पदबाट ओलीले नैतिकताको आधारमा राजीनामा नदिए उनलाई सांसदबाटै कारबाही गर्ने चेतावनी दिए ।
ओलीले आत्मालोचना गरेर जनतासामु माफी मागेमा आफ्नो समूह सकारात्मक हुनसक्ने उनको धारणा थियो।
‘अंसवैधानिक कदमको आत्मालोचना गरी प्रधानमन्त्रीबाट राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्छ’ रावलले भने।
फागुन १२, २०७७ बुधबार १३:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।