दाहाल–नेपाल समूहको विजयी जुलुसको नारा: सर्वोच्च अदालत हाइहाइ, केपी-विद्या बाइबाई

दाहाल–नेपाल समूहको विजयी जुलुसको नारा: सर्वोच्च अदालत हाइहाइ, केपी-विद्या बाइबाई

काठमाडौँ : प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि सत्तारुढ दल नेकपाको दाहाल-नेपाल समूहले विजयी जुलुस निकालेको छ। जुलुसमा सहभागीहरूले निधार र गालामा रातो अबिरको टिका लगाएका छन्।  

नेकपा दाहाल-नेपाल समूहका कार्यकर्ता सहभागी जुलुसमा सहभागीहरूले सर्वोच्च अदालत हाइहाइ, केपी विद्या बाइबाईको नारा लगाएका छन्।

शान्तिबाटिकाबाट निस्केको जुलुसपछि हुने कोणसभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

फागुन १२, २०७७ बुधबार १३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।