पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने काम विरुद्धको रिटमा बहस जारी
काठमाडौँ : पशुपतिनाथको ज्योतिर्लिङ्गमा सुनको जलहरी राख्ने काम रोक्न माग गर्दै दायर रिट विरुद्ध बहस भइरहेको छ।
सर्वोच्च अदालतमा जलहरी राख्ने काम रोक्न माग गर्दै वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले बेग्लाबेग्लै रिट दर्ता गराएका थिए।
पशुपति क्षेत्र विकास कोषले १ सय ८ किलो सुनको जलहरी राख्ने तयारी अघि बढाएपछि यसविरुद्ध रिट दर्ता गरिएको थियो।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पशुपति क्षेत्र विकास कोषका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मन्त्री एवं कोषका अध्यक्ष भानुभक्त ढकाल, कोषका सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष तथा जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक मिलनकुमार थापा, नेपाल राष्ट्र बैङ्क, गुठी संस्थान र पुरातत्त्व विभागलाई विपक्षी बनाइएको छ।
फागुन १२, २०७७ बुधबार १२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।