विरोध सभा स्थगित, विजय जुलुस निकाल्दै  

विरोध सभा स्थगित, विजय जुलुस निकाल्दै  

काठमाडौँ : सत्तारुढ नेकपाको दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध गर्दै आएको आन्दोलन स्थगित गरेको छ। सर्वोच्च अदालतले विघटन गर्ने निर्णय बदर गरेपछि उसले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो। 

नेकपा दाहाल-नेपाल समूहले प्रतिनिधिसभा पुनर्स्थापनाको स्वागतमा देशव्यापी विजय उत्सव मनाइरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। 

उसले दिउँसो १२ बजे काठमाडौँको शान्तिबाटिकामा विजय र्याली निकाल्ने जनाएको छ। चितवनमा आज गर्ने भनिएको विरोध सभाका लागि गएका पुष्पकमल दाहाल र माधव कुमार नेपाल काठमाडौँ फर्कदैछन्। 

उनीहरू काठमाडौँ फर्केपछि थप कार्यक्रम तय हुने सापकोटाले बताए। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक ठहर गर्दै १३ दिन भित्र संसद् बैठक बोलाउन पनि आदेश दिएको छ।

फागुन १२, २०७७ बुधबार ०९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।