ओलीले बोलाए स्थायी कमिटीको बैठक
काठमाडौँ : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्।
प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्न ओलीले बिहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएका हुन्।
बैठकपछि थप कुरा हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले बदर गरेको छ।
सर्वोच्च अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश समेत दिएको छ।
फागुन १२, २०७७ बुधबार ०८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।