संसद् पुनःस्थापनापछि पूर्वमहान्यायधिवक्ता श्रेष्ठले भने– संविधानवादको जित भयो
काठमाडौं : पूर्वमहान्यायधिवक्ता रमण श्रेष्ठले सर्वाेच्चको संसद् पुनःस्थापना गर्ने फैसलाले संविधानवादको जित भएको प्रतिक्रिया दिएका छन्।
सर्वाेच्चको फैसलापछि उकेरासँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संविधानले जिवन्तता पाउने भन्दै खुसी साटे।
‘संविधानले जिवन्तता पाउने भयो, संविधानवादले जित्यो,’ उनले भने, ‘ओलीजी (प्रधानमन्त्री केपी शर्मा ओली)को निरंकुशताको अन्त्यको सुरुवात भयो।’
श्रेष्ठले विघटनविरुद्ध परेका १३ रिटमध्ये देव गुरुङका तर्फबाट बहस गरेका थिए। उनले सरकार संविधानको धारा ७६ (२) बमोजिम वनको र प्रधानमन्त्रीले विघटनको कारण पेस गर्दा ७६ (१) बमोजिमको सरकार भएको दाबी गरेको भन्दै यसबारे सूचना राजपत्रमा प्रकाशित नभएको प्रश्न उठाएका थिए।
फागुन ११, २०७७ मंगलबार २०:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।