संसद् पुनःस्थापनाको खुसीयालीमा रत्नपार्कमा मैनबत्ती प्रज्ज्वलन 

संसद् पुनःस्थापनाको खुसीयालीमा रत्नपार्कमा मैनबत्ती प्रज्ज्वलन 

काठमाडौं : संसद् पुनःस्थापना भएको खुसीयालीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहको विद्यार्थी संगठन अखिलले रत्नपार्कमा मैनबत्ती प्रज्ज्वलन गरेको छ। 

अखिलका नेता रन्जित तामाङलगायतका विद्यार्थीहरूले मैनबत्ती प्रज्ज्वलन गरेका हुन्। 

सर्वाेच्चले आज संसद् विघटन बदर गर्ने फैसला गरेको हो। 

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरेकी थिइन्। 

उक्त कदमविरुद्ध संसद्मा १३ वटा रिट निवेदन परेका थिए। 

फागुन ११, २०७७ मंगलबार १९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।