संसद् ब्युँतिएपछि चितवनमा दाहाल–नेपालको लड्डु पार्टी
काठमाडौँ : सर्वोच्च अदालतबाट संसद् विघटन गर्ने राष्ट्रपतिको निर्णय बदर भएपछि चितवनमा बुधवार नेकपाको दाहाल–नेपाल समूहले गर्ने विरोध सभा विजय सभामा बदलिने भएको छ।
संसद् विघटनको विरोधमा दाहाल–नेपाल समूहले बुधवार चितवनमा विरोध प्रदर्शन गर्दै थिए। विरोध सभालाई सम्बोधन गर्न दुवै नेताहरू अहिले चितवनमा छन्।
सर्वोच्चको संवैधानिक इजलासले ‘संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम भनी सङ्घीय संसद्को वर्तमान प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपति समक्ष गर्नुभएको पुस पाँच को सिफारिस तथा सो बमोजिम राष्ट्रपतिबाट सोही मितिमा भएको प्रतिनिधि सभा विघटनको निर्णय, विज्ञप्ति समेतका तत्सम्बन्धी सबै कामकारवाहीहरू अवैधानिक छ’ भनेसँगै संसद् ब्युँतिएको छ।
.jpg)
सर्वोच्चको फैसलाबाट संसद् ब्युँतिएपछि चितवनमा रहेका पुष्पकमल दाहाल र माधव नेपालले एक अर्कालाई लड्डु खुवाएर खुसी बाँडेका थिए।
फागुन ११, २०७७ मंगलबार १९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।