म प्रधानमन्त्री भए राजीनामा दिन्थें : कोइराला
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अहिलेको अवस्थामा आफू प्रधानमन्त्री भएको भए राजीनामा दिने बताएका छन्।
सरकारको संसद् विघटन गर्ने निर्णय सर्वाेच्चले बदर गरेको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने उनको भनाइ थियो।
सर्वाेच्चले संसद् विघटन बदर गर्ने फैसलापछि उकेरासँग कुराकानी गर्दै उनले संसद् पुनःस्थापना गर्ने फैसलाले संविधान जोगिएको टिप्पणी गरे। उनले सर्वाेच्चको यो कदमलाई स्वागतयोग्य भनेका छन्।
सर्वाेच्चले आज संसद् विघटन गर्ने फैसला गरेको थियो।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरेकी थिइन्।
उक्त कदमविरुद्ध संसद्मा १३ वटा रिट निवेदन परेका थिए।
फागुन ११, २०७७ मंगलबार १९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।