सर्वाेच्चले ‘नेपाली भष्मासुर’को वध गरेर लोकतन्त्र जोगायो : भट्टराई 

सर्वाेच्चले ‘नेपाली भष्मासुर’को वध गरेर लोकतन्त्र जोगायो : भट्टराई 

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन्।

उपचारका लागि भारतको दिल्लीमा रहेका भट्टराईले सर्वाेच्चको संसद् पुनःस्थापना गर्ने फैसला सुन्दा रोग हराएकोजस्तो अनुभव भएको बताए। 

‘कस्तो सुखद् संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो,’ उनले लेखेका छन्, ‘हिन्दू मिथको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरेझैं सर्वोच्चले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबुर सुन्दा रोगै हराएझैं भयो।’ 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरेकी थिइन्। उक्त विघटनविरुछ सर्वाेच्चमा १३ वटा रिट दायर भएका थिए। 

फागुन ११, २०७७ मंगलबार १९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।