देउवाले भने : संसद् पुनः स्थापना गर्ने ऐतिहासिक फैसला

देउवाले भने : संसद् पुनः स्थापना गर्ने ऐतिहासिक फैसला

काठमाडाैं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेश स्वागत योग्य भनेका छन्। उनले ट्विट गर्दै भने ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ।मैले सुरु देखिनै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिए।’

 

उनले सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद् पुनः स्थापना गर्ने ऐतिहासिक फैसला गरेको भन्दै लेखेका छन् ‘काँग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’

संविधान कार्यान्वयनका क्रममा देखिने विवादहरू समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै हो भन्दै उनले लेखे ‘ सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायाधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु।’

फागुन ११, २०७७ मंगलबार १९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।