सोमबार २३ चैत, २०८२
२४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण, ४ को मृत्यु
काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप १ सय १० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
योसँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको कूल संख्या २ लाख ७३ हजार ६ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये कोरोनामुक्त हुने २ लाख ७० हजार ६८ जना छन्। पछिल्लो २४ घण्टामा थप १ सय २ जना निको भएका छन्।
उक्त अवधिका थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ।
फागुन ११, २०७७ मंगलबार १८:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।