सोमबार २३ चैत, २०८२
सुनको भाउ तोलामा ११ सय रूपैयाँ बढ्यो
काठमाडौं : सुनको भाउ तोलामा ११ सय रूपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला ९० हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।
हिजो यसको मूल्य तोलाको ८९ हजार रूपैयाँ तोकिएको थियो। यस्तै, तेजाबी सुन पनि सोही दरमा बढेर प्रतितोला ८९ हजार ६ सय ५० रूपैयाँ कायम भएको छ।
चाँदीको मूल्य भने तोलामा २५ रूपैयाँ बढेर १ हजार ३ सय ६० रूपैयाँ कायम भएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
फागुन ११, २०७७ मंगलबार १५:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।