महान्यायाधिवक्ता खरेलले भने– राजीनामा दिएको छैन, मविरुद्ध साजिस भो

महान्यायाधिवक्ता खरेलले भने– राजीनामा दिएको छैन, मविरुद्ध साजिस भो

काठमाडौँ : महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो पदबाट राजीनामा नदिएको बताएका छन्। तपाईँले महान्यायाधिवक्ता पदबाट राजीनामा दिनु भएको हो भन्ने उकेराको प्रश्नमा खरेलले भने‘ दिएको छैन।’

उनले राजीनामा गर्ने परिस्थिति र सोच पनि नभएको बताए। ‘राजीनामा गरेको होइन, परिस्थिति छैन र सोच पनि छैन,’ उनले भने, यो अहिलेको परिस्थितिलाई आफू अनुकूल बनाउन गरिएको एउटा साजिस हो।’

महान्यायाधिवक्ता पदबाट खरेलले राजीनामा दिएको र स्वीकृत नभएको हल्लाका विषयमा महान्यायाधिवक्ता कार्यालयले पनि राजीनामा नदिएको पुष्टि गरेको छ। सह–महान्यायाधिवक्ता सञ्जीव रेग्मीले महान्यायाधिवक्ता पदबाट खरेलले राजीनामा नदिएको उकेरालाई बताए। 

महान्यायाधिवक्ता कार्यालयले प्रेस विज्ञप्ति निकालेर खरेलले राजीनामा नदिएको सार्वजनिक गरेको छ। 

फागुन ११, २०७७ मंगलबार ११:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।