नारायणहिटीमा जुत्ता प्रहार 

नारायणहिटीमा जुत्ता प्रहार 

काठमाडौँ : नेकपाको दाहाल-नेपाल समूह समर्थित अनेरास्ववियुले प्रतिगमनको सङ्केत बनाएर जुत्ता हानेको छ। नारायणहिटी संग्राहलय अगाडि अनेरास्ववियुले प्रतिगमनको सङ्केत बनाएर जुत्ता हानेको हो। 

प्रतिनिधिसभा विघटन विरुद्ध आन्दोलन गर्दै आएको अनेरास्ववियु रञ्जित तामाङ समूहले साङ्केतिक रूपमा प्रतिगमनको सङ्केत मात्रै बनाएर जुत्ता हानेको बताएको छ। प्रतिगमन नसच्चिए प्रतिगमन र तिनका मतियारलाई नै जुत्ता हान्ने चेतावनी अनेरास्ववियुले दिएको छ। 

माघ २३ गते प्रधानमन्त्री केपी शर्मा ओली समर्थित नेकपाले नारायणहिटी अगाडि जनसभा गरेर प्रतिगमनको हुङ्कार गरेकाले नारायणहिटीमै जुत्ता हानेको रञ्जित तामाङले बताए। ‘नारायणहिटीमा जुन विचार र धारणा राख्यो त्यो प्रतिगमन सच्याउने थिएन, तामाङले भने, त्यो गलत छ, त्यसका विरुद्ध आन्दोलन जारी रहन्छ।’

प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रममा प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी भएको थियो। 

फागुन १०, २०७७ सोमबार १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।