फागुन २३ देखि ६० वर्षमाथिका व्यक्तिलाई कोरोना खोप लगाउने सरकारको तयारी
काठमाडौं : सरकारले यही फागुन २३ गतेदेखि ६० वर्षमाथिका व्यक्तिलाई कोरोना खोप लगाउने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले १० लाख डोज कोभिसिल्ड खोप भारतबाट खरिद गरेर ल्याइसकेकाले फागुन २३ गतेबाट ६० वर्षमाथिका व्यक्ति खोप लगाउने गरी तयारी थालिएको बताए।
सरकारले भारतको कोरोना खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डिया प्रालिबाट खरिद गरेको २० लाख डोज कोरोना खोपमध्ये १० लाख डोज नेपाल ल्याइएको हो।
उक्त खोप आजै एयर इन्डियाको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइएको थियो।
उक्त खोप टेकुस्थित ‘कोल्ड रुम’मा राखिएको छ।
फागुन ९, २०७७ आइतबार १९:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।