सोमबार २३ चैत, २०८२
२४ घण्टामा थप ८० जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ४ सय ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये निको हुनेको संख्या २ लाख ६९ हजार ८ सय ७६ छ। पछिल्लो २४ घण्टामा थप १ सय २१ जना संक्रमणमुक्त भएका छन्।
हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६१ छ।
फागुन ९, २०७७ आइतबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।