पूर्वप्रधानमन्त्री भट्टराई उपचार गर्न आज नयाँ दिल्ली जाँदै
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि आज (आइतबार) भारतको नयाँ दिल्ली जाने भएका छन्।
पेटमा समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका भट्टराई चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ जान लागेकाे उनको सचिवालयले जनाएको छ।
भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ।
भट्टराई नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेका हुन्। उपचारका क्रममा भट्टराईसँग श्रीमती हिसिला यमी पनि सँगै रहने उनको सचिवालयले जनाएको छ।
फागुन ९, २०७७ आइतबार ०९:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।