१० लाख डोज कोरोना खोप आज नेपाल ल्याइँदै
काठमाडौं : सरकारले भारतीय कोरोना खोप उत्पादक कम्पनी सेरम इन्स्च्यिुट अफ इण्डियाबाट खरिद गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप आज (आइतबार) नेपाल ल्याइने भएको छ।
सरकारले खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज आज ल्याइन लागिएको हो। उक्त परिणामको खोप एयर इण्डियाको जहाजबाट काठमाडौं ल्याइन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सरकारले गत बुधबार कोरोना खोप उत्पादक कम्पनी सेरमसँग कोरोना खोप खरिदका लागि सम्झौता गरेको थियो।
यसअघि भारतले नेपाललाई खोपको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो।
फागुन ९, २०७७ आइतबार ०८:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।