संवैधानिक इजलासमा भोलि बहस नहुने  

संवैधानिक इजलासमा भोलि बहस नहुने  
तस्बिर : सर्वाेच्च अदालत।

काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटन मुद्दामा भोलि बहस नहुने भएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनमाको शोकमा भोलि इजलास नबस्ने जानकारी दिए।  

अब इजलास बुधबार बस्ने छ। 

इजलासको २० औं दिन आज (सोमबार) प्रधानमन्त्रीको तर्फबाट १३ जना निजी कानुन व्यावसायीले बहस गरेका छन्। 

आज वरिष्ठ अधिवक्ताहरू विष्णुप्रसाद भट्टराई, विष्णुमणि अधिकारी, रवि शर्मा खनाल, टंक दुलाल र अधिवक्ताहरू लोकनाथ खरेल, मुकुन्द अधिकारी, भोजराज आचार्य, शान्तिदेवी खनाल, ईश्वरीप्रसाद भट्टराई,  महेश नेपाल, चन्द्रप्रसाद रेग्मी, उमा रेग्मी र अनन्त लुइँटेलले बहस गरेका छन्।  

माघ २६, २०७७ सोमबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।