पहिलो दिन २२६ पत्रकारले लगाए कोरोना खोप 

पहिलो दिन २२६ पत्रकारले लगाए कोरोना खोप 

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप अभियानको दोस्रो चरणको पहिलो दिन आज २ सय २६ जना पत्रकारले खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती सबैलाई भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप लगाइएको छ। 

गत शनिबार पहिलो चरणको खोप अभियान सकिएपछि सरकारले आजबाट दोस्रो चरणको अभियान थालेको हो। अभियानअन्तर्गत पत्रकार, कूटनीतिक नियोगका पदाधिकारी-कर्मचारीलगायतलाई खोप लगाइँदै छ। 

यसअघि पहिलो चरणको अभियानअन्तर्गत सरसफाइकर्मी, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक लगायतलाई खोप लगाइएको थियो। 

सरकारले यही माघ १४ गते खोप अभियान सुरु गरेको थियो। 

भारतले नेपाललाई ‘कोभिसिल्ड’ खोपको १० लाख डोज अनुदानमा उपलब्ध गराएको छ।  

माघ २६, २०७७ सोमबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।