उत्तराखण्ड बाढी : मृत्यु हुनेको संख्या १८ पुग्यो, अझै दुई सयभन्दा बढी सम्पर्कविहीन
तस्बिर : एएनआई।
काठमाडौं : भारतको उत्तराखण्डको चमोलीमा हिमनदी फुटेर विभिन्न नदीमा आएको बाढीबाट मृत्यु हुनेको १८ पुगेको छ। बाढीमा परेर अझै दुई सयभन्दा बढी सम्पर्कविहीन छन्।
उत्तराखण्ड पुलिसका महानिर्देशक अशोक कुमारले अहिलेसम्म बाढीमा हराएका १८ जनाको शव बरामद गरेको जानकारी दिए। बाढीमा परेर अझै २ सय २ जना हराइरहेको र उनीहरूको खोजी जारी रहेको उनले बताए।
हिमनदी फुट्दा ऋषिगंगा, धौलीगंगा र अलकनन्दन नदीमा आइतबार बिहान बाढी आएको थियो।
बिबिसी
माघ २६, २०७७ सोमबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।