मूल पार्टी यही हो : ओली
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी नै सक्कली नेकपा भएको बताएका छन्।
केमेडीयन शैलीमा नमस्कार भन्दै अभिवादन टक्राएका उनले जुन ठाउँ छाने पनि सभा गर्न सानो हुने भएकाले नारायणहिटी छानेको बताए।
‘यो कम्युनिस्टको मात्रै सबैभन्दा मूल पार्टी नै यही हो।’ उनले भने, ‘देशको स्वाधीनताको रक्षा गर्ने पार्टी यही हो।’
उनले आजबाट कुन पाटी मूल पार्टी भन्ने फैसला भएको आफैले गरे। अहिले प्रधानमन्त्री ओली सभामा बोलिरहेका छन्।
माघ २३, २०७७ शुक्रबार १४:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।