मुलुकमा अराजकता निम्तिन खोजेको छ : उपप्रधानमन्त्री पोखरेल
काठमाडौँ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले अराजकता सिर्जना खोजिएको बताएका छन्। उनले देशमा अराजकता निम्तिन खोजेको भन्दै संविधान रक्षका लागि देश व्यापी अभियान सुरु भएको जिकिर गरे।
नारायणहिटी प्राङगनमा भएको नेकपा ओली समूहको सभामा ओली समूहका नेता पोखरेलले कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृत्ति हाबी भएको आरोप समेत लगाए।
पोखरेलले प्रचण्ड र माधव पक्षले गर्दा नेकपामा यो अवस्था आएको उल्लेख गरे। ‘कम्युनिस्ट पार्टीलाई धराशायी बनाउने काम गरेका छन्।’ उनले भने, प्रचण्ड माधव पक्ष पराजित हुन्छ।’
उपप्रधानमन्त्री पोखरेलले जस्तो सुकै प्रतिकुलता आए पनि मुलुकमा राजनीतिक स्थायित्वका लागि लागिरहने बताए।
आमहड्ताल दिन हिजो गोङ्गबुमा ट्याक्सीमा भएको क्षति केपी ओली सरकारले पूर्ताल गर्ने पनि बताए।
माघ २३, २०७७ शुक्रबार १४:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।