बुद्धका उत्तराधिकारी केपी ओली : सत्यनारायण मण्डल

बुद्धका उत्तराधिकारी केपी ओली : सत्यनारायण मण्डल

काठमाडौँ : नेकपा ओली समूहका नेता सत्यनारायण मण्डलले केपी शर्मा ओली बुद्धको असली उत्तराधिकारी भएको तर्क सुनाएका छन्। नारायणहिटी प्राङ्गणमा भइरहेको ओली समूहको बृहद  जनसभामा उनले बुद्धको उत्तराधिकारी ओली भएको तर्क गरेका हुन्।

पञ्चायतकलामा राजालाई विष्णुको अवतार मान्थे। गणतान्त्रिक आन्दोलनले विष्णुको अवतार मान्ने राजतन्त्र अन्त्य गरिदियो।

राजालाई हट्न बाध्य भएको नारायणहिटीको प्राङगनबाट ओली नेकपा समूहका नेता मण्डलले ओलीलाई बुद्धको उत्तराधिकारी भएको तर्क गरेका हुन्।

उनले ओलीलाई सबै मधेसी समुदायको साथ र समर्थन रहेको पनि सुनाए। 

ओली समूहको सभामा नेकपा दाहाल नेपाल समूहलाई नक्कलीको संज्ञा दिँदै आफूहरू नै सक्कली भएको दाबी प्रस्तुत भइरहेको छ। 

माघ २३, २०७७ शुक्रबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।