संवैधानिक नियुक्ति बदर गर्न सभामुखको रिट

संवैधानिक नियुक्ति बदर गर्न सभामुखको रिट

काठमाडौँ : सरकारले विभिन्न संवैधानिक आयोगहरूमा गरेको नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

सभामुख अग्नि सापकोटाले राष्ट्रपति, संवैधानिक परिषद्को कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

रिटको आइतबार पेशी तोकिएको छ। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायतका संवैधानिक आयोगहरूमा ३२ जनालाई नियुक्ति गरी शपथ खुवाएर काममा खटाइसकेको छ।

सरकारको यो नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले आज (शुक्रवार) सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। 

माघ २३, २०७७ शुक्रबार १२:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।