सत्ताधारी नेकपाको ब्रान्डिङ : सूर्य भित्र केपी ओली
काठमाडौँ : सत्ताधारी नेकपा बाग्मती प्रदेशको आयोजनामा अहिले काठमाडौँका विभिन्न ठाउँबाट र्याली निस्केका छन्। र्यालीमा प्रधानमन्त्री केपी ओलीको जयजयकार गरिएको छ।
काठमाडौँमै नेकपा दाहाल नेपाल समूहले गरेको जन प्रदर्शनलाई काउन्टर दिन नेकपा ओली समूहले अहिले आफू निकटका नेता कार्यकर्ताको जनप्रदर्शन गरेको हो।
ओलीको तस्बिर अङ्कित झन्डा मात्रै होइनन्, जनप्रदर्शनमा सहभागीहरूले सूर्य चिन्हभित्र केपी ओलीलाई देखाएका छन्। रातो ज्याकेटको पछाडि सूर्य अङ्कित चिन्हको गोलो घेरामा केपी ओलीको तस्बिर राखिएको छ।
जनप्रदर्शन ओलीले सम्बोधन गर्ने नारायणहिटी गेटमा पुग्नेछ। काठमाडौँको माइतीघरका केही क्लिक :

.jpg)


माघ २३, २०७७ शुक्रबार १२:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।