ओलीलाई कटाक्ष : ‘०४६ साल ठिक अघि पञ्चहरूको र्‍याली निस्कन्थ्यो’ 

ओलीलाई कटाक्ष : ‘०४६ साल ठिक अघि पञ्चहरूको र्‍याली निस्कन्थ्यो’ 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले अब जनताले गर्ने आमहड्तालाई साथ दिने बताएको छ। प्रधानमन्त्री ओलीको निरंकुशताविरुद्ध बाध्य भएर आमहड्ताल गर्नुपरेको भन्दै उसले जनतामा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ। 

पत्रकारसँगको अन्तरक्रियामा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ओली प्रवृत्तिलाई बेलैमा समीक्षा गर्न नसकेको दाबी गरेका छन्। ‘हामी आत्मसमिक्षाको तयारीमा छौ, श्वेतपत्रको तयारीमा छौ।’ अध्यक्ष दाहालले भने। ‘इतिहासमा दर्ज गराउने तयारीमा छौ।’

उनले हिजोको आमहड्ताल संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिको विरोधमा भएको बताए। ‘यो आन्दोलन संविधानको पक्षमा जाने र नजाने नै हो।’ अध्यक्ष दाहालले भने, ‘हामी पनि असफल भयौ भन्नेहरू आन्दोलनमा जाँदैनन्।’ असक्षम भयौ भनेर पलायन हुने पक्षमा छैनौ।’

उनले यो लडाई नेकपाको आन्तरिक विषय नभएको उल्लेख गरेका छन्। ‘आन्दोलनमा हुने सबै कम्युनिस्ट त होइनन् नि?’ उनले भने, ‘किन लाग्नु भएको छ भने प्रतिगमन भयो भनेर।’ 

दाहाल नेपाल समूहका अध्यक्ष दाहालले नेपाली काँग्रेस, जसपा लगायतका दल पनि ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेर सडक आन्दोलनमै रहेको सुनाए। 

उनले ओली सत्तामा रहेको हुनाले त्यसलाई दुरुपयोग गरेर सदुपयोग गर्नेहरू हुने बताए। ‘२०४६ सालको ठिक अघि पञ्चहरूको र्याली निस्केको थियो।’ उनले भने, ‘निरङ्कुशताका पक्षमा हुनेहरू त्यसै गरी र्याली निकाल्छन्।’

उनले आफूलाई देखाउँदै भने, ‘यो मुद्दालाई व्यक्तिगत रूपमा नहेर्नुहोला।’ अध्यक्ष दाहालले संविधानको व्यवस्था भाचकुच पारेर निचोरेर लोकतन्त्रको हत्या भएको बताए। ‘रहर होइन, जनतालाई अप्ठ्यारो पर्ने गरी आन्दोलन नगरेकै हो।’ उनले भने, ‘राज्यसत्ता गुन्डाराज नै भयो।’

एमसीसीबारे

नेकपा अध्यक्ष दाहालले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे पार्टीले अन्तिम निर्णय नलिएको बताए। ‘अहिलेको आन्दोलनमा १० थरी नारा लगाउनु पर्दैन, पार्टीले औपचारिक निर्णय गरिसकेको छैन।’ उनले भने, तर, समर्थनको पक्षमा गएँ भन्ने होइन।’

उनले एमसीसी परिमार्जन गर्ने विषयमा कुराकानी भइरहेको बताए। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसँगको भेटमा एमसीसीका बुँदा परिमार्जनबारे छलफल भएको जानकारी दिए। 

माघ २३, २०७७ शुक्रबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।